images
images

शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी


  • 439
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी

    काठमाडौं ।  तेह्रथुम पावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । मंगलबार बसेको सञ्चाल समितिको बैठकले सो निर्णय गरेको हो । हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले प्रवर्द्धन गरेको क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्न थालेको हो । मंगलबार बसेको बैठकले  हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो। 

    कम्पनीले प्रवर्द्धन गरेको क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्न थालेको हो ।


    images
    images

    Logo