काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ३२ हजार ५ सय कित्ता आईपीओ सामूहिक लगानी कोषलाई बाँडफाँट गरि १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



