काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा महुली लघुवित्त र समता घरेलु लघुवित्त रहेका छन् ।
महुली लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार १ सय १६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगे दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।