images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ४७ करोड 


  • 659
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ४७ करोड 

    काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।  यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढेर २ हजार १ सय ८६ दशमलव ३६ विन्दमा पुगेको छ । 

    आज कारोबारमा आएको २ सय ७५ स्क्रिपको ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको १ करोड ३१ लाख कित्ता शेयर किनबेच भएको छ । मंगलबार १ सय ८७ कम्पनीको शेयर मूल्य बढेको छ । ३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन घटेका छन्। 

    आज सवैभन्दा धेरै स्वाबलम्ब लघुवित्त वित्तीय संस्थाले कारोबार भएको छ  कम्पनीको २५ करोड १२ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज शिबम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टि होटलले २२ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । 

    त्यस्तै, सोल्टी होटलको २२ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आईजीआई प्रुडेन्शियल इस्योरेन्सको १३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन ३३ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, अन्य १० स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo