काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले कुल ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।
सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।
उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक नागरिकले असार १८ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ भने उक्त शेयरमा न्युनतम हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।