काठमाडौं । दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । सोमबार एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेगा क्यापिटलसँग शेयर निष्कासनका लागि सम्झौता गरेको हो ।
सम्झौतापत्रमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले र कम्पनीका तर्फबाट अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका थिए ।
उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।