images
images

१९ अंकले बढ्यो नेप्से, ५ अर्ब ३१ करोडको कारोबार 


  • 577
    SHARES
  • २०८० आषाढ ११ गते सोमबार

    १९ अंकले बढ्यो नेप्से, ५ अर्ब ३१ करोडको कारोबार 

    काठमाडौं । सोमबार नेप्से बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अंकले बढेर १ हजार १ सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन कारोबारमा आएका २ सय ७९ स्क्रिपको ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख कित्ता शेयर किनबेच भएको छ । 

    सोमबार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.११ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्ला दिनहरुमा उच्च अंक बढेको जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.०८ प्रतिशत र निर्जीवन बीमाको ०.९७ प्रतिशत घटेको छ।

    आज कारोबारमा आएका १ सय २३ कम्पनीको शेयर मूल्य बढेको छ । ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै शिभम शिवमको शेयर कारोबार भएको छ । आज कम्पनीले कुल ४२ करोड ५ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज सोल्टि होटल लिमिटेडले २७ करोड २६ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हिमालयन लाइफ इस्योरेन्स, बीपीडब्लु लघुवित्त र सिटी होटल रहेका छन् । हिमालयन लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेको छ भने बाँकी दुई कम्पनीको ९.९९ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo