काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को इकाइ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड २ को प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ४६ लाख ११ हजार ९ सय २९ इकाइ सोमबारदेखि कारोबार योग्य हुने गरी नेप्सेमा सूचीकृत गराएको हो ।
इकाई बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।