images
images

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 1.4K
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    सो प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार असार ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा असार १५ गते हुने भएको छ ।


    images
    images

    Logo