काठमाडौं । मर्जरका लागि २ लघुवित्तले नेपाल धितोपत्र बोर्डको अन्तिम स्वीकृति पाएका छन् । मंगलबार मर्जर प्रकृयामा रहेका साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तले बोर्डको अन्तिम स्वीकृति पाएका हुन् ।
गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस्तै, राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको थियो ।
यी कम्पनीहरुले १००ः८७ को स्वाप रेसियोमा मर्ज हुने सहमति गरेका छन् । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता शेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता शेयर पाउनेछन् । मर्जरपछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुनेछ ।