images
images

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि


  • 546
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १२ लाख ३१ हजार २ सय ५० कित्ता निष्काशन गरेको छ । सोमध्ये  ४ लाख ९२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयरमा ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका  नेपालीलाई, ३६ हजार ९ सय ३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १ सय ६२ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यस्तो निष्काशन बन्द छिटोमा असार ८ गतेसम्म र ढिलोमा असार १९ गतेसम्म हुनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

     


    images
    images

    Logo