समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८ सय ५६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक शेयरधनी र साधारण शेयरधनीको पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो ।