काठमाडौं । ९ दिनदेखि बढेको बजारमा आज सोमबार भने ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४ अंकले बढेर २ हजार ९१ दशमलव ३९ विन्दुमा पुगेको छ ।
सोमबार २ सय ७६ स्क्रिपको ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर किनबेच भएको छ । जेठ २३ गतेदेखि शेयर बजार बढेको हो । नेप्सेसँगै काराेबार रकम पनि घटेकाे छ ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयर मूल्य बढेको छ । १ सइ ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर स्थिर छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आईजीआइ प्रुडेन्सियलको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी नेपाल रहेका छन् । सो कम्पनीको १० प्रतिशतले बढेको हो । त्यस्तै, विपिडव्लु लघुवित्तको ९.९९ प्रतिशत, मन्छियाम हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेका छन् ।



