images
images

२ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के-के छन् एजेण्डा ?


  • 497
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    २ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के-के छन् एजेण्डा ?

    काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ । सोमबार जाल्पा सामुदायिक लघुवित्त र पिपुल्स हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा जाल्पा सामुदायिक लघुवित्तले रुपन्देहीको द एसआर होटेलमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, नियामकबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने, मर्जरबारे निर्णय गर्ने अख्तियार संचालक समितिलाई दिने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    त्यस्तै, पिपुल्स हाइड्रोपावरले  क्वालिटी बेङक्वेट, बुद्धनगर, काठमाडौंमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सो बैठकले लेखा परिक्षक नियुक्त गर्ने, २०७८र७९ को वित्तीय विवरण पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । सर्वसाधारण शेयरधनी बाट २ जना सञ्चालक निर्वाचित गर्ने जस्ता एजेण्डा कम्पनीको रहेको छ । 


    images
    images

    Logo