images
images

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 


  • 1.4K
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 

    काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ र यसरी सुचीकृत हुनेमा उपकार लघुवित्त, साना किसान विकास लघुवित्त र नयाँ सारथी लघुवित्त रहेका छन् । 

    उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख  ५ हजार २ सय ३२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । तीनै कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo