काठमाडौं । सातको पहिलो दिन आइतबार नेप्से बढेर बन्द भएको छ । शुक्रबार बढेर बन्द भएको नेप्सेले आज अथात् आइतबार पनि निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अंकले बढेर २ हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८० स्क्रिपको ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबार १ सय ९० कम्पनीको शेयर मूल्य बढेको छ । २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । बजार निरन्तर बढ्दा लगानीकर्ताको आकर्षण होटल र बिमा कम्पनीहरुमा धेरै देखिएको छ। यस दिन जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटल उपसमूहको ६.१५ प्रतिशत,अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इस्योरेन्स, ग्रीन भेञ्चर, सुपर मादी हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त र मच्छियाम हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।



