काठमाडौं । ४ कम्पनीको साधारणसभा आज हुँदैछ । आइतबार लक्ष्मी बैंक, सनराइज बैंक, समिट लघुवित्त र नेशनल माइक्रोफाइनान्सले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा लक्ष्मी बैंक र नेशनल माइक्रोफाइनान्सले विशेष साधारणसभा बोलाएका हुन् भने सनराइज बैंक र समिट लघुवित्तले वार्षिक साधारणसभा बोलाएका हुन् ।
सनराइज बैंकले अम्रपाली वैंक्वेट्स बालुवाटार, काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले लक्ष्मी बैंक लिमिटेडसँग मर्जर पारित गर्नेछ । साथै, लेखा परीक्षकको नियुक्ति गर्ने, आर्थिक वर्ष २०७८र७९ को आर्थिक हाइलाइटहरूप्रस्तुत गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, लक्ष्मी बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले सनराइज बैंकसँगको मर्जरलाई पारित गर्नेछ ।
साथै, लक्ष्मी बैंक र सनराइज बैंकबिच भएको मर्ज भई स्वाप रेसियो अनुपात १ः१ लाई पारित गर्ने, मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्ने लगगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यसैगरी, समिट लघुवित्त अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १३.५६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने, एफपीओ जारी गर्ने, शेयर पूँजी अनुपात ७०ः३० कायम गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, नेशनल माइक्रोफाइनान्सले धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।
साथै, नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच स्वाप रेसियो अनुपात १ः०.७३ कायम गर्ने, मर्जरपछि राष्ट्रिय शिखर सम्मेलन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।



