images
images

साता १०२ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 479
    SHARES
  • २०८० आषाढ २ गते शनिबार

    साता १०२ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से १०२.४६ अंक बढेर २ हजार ४२ दशमलव ०७ विन्दुमा पुगेको छ। यस साता पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको हो। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस साता पनि सोही गतिलाई निरन्तरता दिएको हो। 

    यस साता नेप्सेको कुल बजार पूँजीकरण डेढ खर्ब रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५१ अर्ब रुपैयाँ बढेर २९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।

    साताको पहिलो दिन आइतबार ४०.४८ अंकले बढेर  १ हजार ९ सय ८० दशमलव ९ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार रकम भएको छ । त्यस्तै, सोमबार ६.३८ अंकले बढेर १ हजार ९ सय ८६ दशमलव ४७ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ३४.१७ अंकले बढेर २ हजार २० दशमलव ६४ विन्दमुा पुगेको छ । सो दिन ४ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार १६.४२ अंकले बढेर २ हजार ३७ दशमलव ६ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    साताको अन्तिम दिन विहीबार ५ अंकले बढेर २ हजार ४२ दशमलव ७ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १५.५७ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.७३ प्रतिशत बढेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। 

    यस साता नेप्सेमा दुई कम्पनीको ६० लाख २० हजार २ सय ९६ कित्ता शेयर सूचीकृत भएको छ। यस साता मेन्छियाम हाइड्रोपावरको आईपीओ र कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo