काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले शुक्रबार बोर्डमा निवेदन दिएको हो ।
बैंकले १० प्रतिशत व्यजदरमा १० वर्ष समयावधिको लागि ऋणपत्र जारी गर्न लागेको छ । बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऋयापत्र निष्काशन गर्न लागेको छ ।
सो ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले नबिल इन्भेष्मेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।