images
images

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 575
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले स्थानिय बासिन्दाका लागि निष्काशन गरेको सो आईपीओमा अब असार ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले कुल १ करोड २१ लाख ८६ हजार ८ सय बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। जसमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo