काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यसरी कारोबार रोक्का हुनेमा आदर्श लघुवित्त रहेको छ ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने कार्य सम्पन्न भई असार १ गते अथात् भोलीदेखि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने भएको हो ।