काठमाडौं । साताको अन्तिम दिन नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढेर २ हजार ४२ दशमलव ७ विन्दुमा पुगेको छ । आज २ सय ७० स्क्रिपको ३ अर्ब १६ करोड रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका ७५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३९ कम्पनी शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ । नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढी कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३८ रुपैयाँ हरेको छ । सोल्टी होटलको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन सिटि होटलको शेयर सकारात्मक सर्किट लागेको भएको छ। त्यसैगरी, यस दिन अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बिपिडब्लु लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



