काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीबार नेप्सेले सो कम्पनीको आईपीओ सूचीकृत गरेको हो ।
उक्त कम्पनीको कुल ५४ लाख २५ हजार ८ सय ३३ कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम मूल्य ७७ रुपैयाँ ४५ पैसा तोकिएको छ भने अधिकतम २ सय ३२ रुपैयाँ ३५ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।