images
images

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ असार ७ गतेदेखि


  • 543
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ असार ७ गतेदेखि

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ असार ७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८ सय ४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । जसमध्ये २ लाख ५४ हजार ९ सय २ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं ३ का बासीहरुको लागि छुट्याइएको भने बाँकी रहेको सम्पूर्ण दैलेख जिल्लाबासीहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    त्यस्तै, सो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको आईपीओ मध्ये १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि फाँडफाँट गरिने भएको छ । 


    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखिअधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सो आईपीओमा असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ।

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा साउन ५ गते हुनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo