काठमाडौं । घोराही सिमेन्टको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सो आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको छ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओ निष्काशन बन्द छिटोमा असार ४ गते र ढिलोमा असार १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यसअघि कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरि विक्री गरिसकेको छ ।



