काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले ४ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।
बोर्डले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको छ ।
संस्थागत लगानीकर्ताको स्वीकृति पाएका कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने सेयरको प्राथमिक निष्काशनका लागि मूल्य निर्धारण प्रक्रियामा भाग लिन तथा सेयर कारोबार गर्न पाउनेछन्। योसगैँ संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ ।
धितोपत्र बोर्डले विभिन्न चरणमा कम्पनीलाई स्वीकृति प्रदान गर्दै आएको छ । यसअघि २०७९ कात्तिक १५ गते एकै दिन ७ वटा कम्पनीलाई स्वीकृति दिएको थियो । त्यसपछि स्वीकृति दिएको थिएन ।



