images
images

नेप्सेमा वृद्धि कायमै, २०८० सालमा पहिलो पटक ५ अर्बको कारोबार 


  • 557
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    नेप्सेमा वृद्धि कायमै, २०८० सालमा पहिलो पटक ५ अर्बको कारोबार 

    काठमाडौं । बुधबार नेप्से बढेर बन्द भएको छ ।पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अंकले बढेर २ हजार ३७ दशमलव ६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७५ स्क्रिपको ५ अर्ब १ करोड रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता शेयर किनबेच भएको छ । यो दिनको कारोबार ५ महिना यताकै उच्च हो । 

    यसअघि पुस २८ गते ५ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

    बुधबार १ सय २६ कम्पनीको शेयर मूल्य बढेको छ । ९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज खप्तड लघुवित्त ९.९९ प्रतिशतले बढेको छ । सिटी होटलको ९.९५ प्रतिशत, भूगोल इनर्जि डेभलपमेन्ट ७.५४ प्रतिशत, आर्दश लघुवित्त ७.५२ प्रतिशत र लक्ष्मी लघुवित्त ६.६८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo