काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ बुधबारसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।