images
images

आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन


  • 486
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि २ कम्पनीले निवेदन दिएका छन् । निवेदन दिनेमा कान्तिपुर टेलिभिजन नेटवर्क सानिमा हाइड्रोपावर लिमिटेड रहेका छन् । 

    कान्तिपुर टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ करोड ५० लाख रुपैयाँ बराबरको  ७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

    त्यस्तै, सानिमा हाइड्रोपावरले २४ करोड ५० लाख पैयाँ बराबरको २४ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

    यी दुबै कम्पनीले सेबोनको स्वीकृती पाएपछि आईपीओको थप प्रक्रिया अगाडी बढाउनेछन् ।


    images
    images

    Logo