images
images

रावा इनर्जीको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 645
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    रावा इनर्जीको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । रावा इनर्जी  डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि जारी गरेको सो आईपीओमा आज दिउँसो बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो । 

    आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट गरिएको छ जसअनुसार ६४ हजार ३ सय ६६ जनाले शेयर पाएका छन् । यी मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्  ।

    कुल ११ लाख ८५ हजार २ सय ६ वटा आवेदन परेकोमा ति मध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ  । यस हिसाबमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन अयोग्य भएको छ ।

    कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेको थियो ।

     


    images
    images

    Logo