images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, २०८० सालमा पहिलो पटक ४ अर्बको कारोबार 


  • 615
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, २०८० सालमा पहिलो पटक ४ अर्बको कारोबार 

    काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अंकले बढेर २ हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ । २ सय ७० स्क्रिपको ४ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर किनबेच भएको छ । यो दिनको कारोबार रकम ५ महिना यताकै उच्च हो ।

     यस अघि २०७९ माघ ४ गते ४ अर्ब ८१ करोडको कारोबार भएको थियो । आज नेप्सेसँगै कारोबार रकम बढेको छ । सोमबार २ अर्ब करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  मंगलबार १ सय ९६ कम्पनीको शेयर मूल्य बढेको छ । २२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।  

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार तीन स्टकको शेयरमूल्य सर्किट लागेको छ। यस दिन विन नेपाल लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको शेयर सर्किट लागेर शेयर कारोबार भएको हो। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। 


    images
    images

    Logo