काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक समुहतर्फको १ लाख १९ हजार ५५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बीओेके क्यापिटल मार्केट नक्साल काठमाडौंमा आइपुग्नेगरी गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।