images
images

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण कार्य रोक्न निर्देशन


  • 388
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण कार्य रोक्न निर्देशन

    काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ ।  सोमबार बसेको समिति बैठकले अको निर्णय नभएसम्मका लागि उक्त कार्य रोक्न निर्देशन दिएको हो । 

    सोमबार बसेको समिति बैठकले ३ निर्णय गरेको छ । जसमा समितिबाट विस्तृत अध्ययन गरि अर्को निर्णयसम्मका लागि  नयाँ स्टक एक्सचेञ्जको स्थापना सम्बन्धी काम कारबाहीलाई अगाडी नबढाउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिने निर्याय गरेको छ ।

    त्यस्तै, बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय गरेको छ ।

    त्यसैगरी, आगामी बैठकमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स वितरण सम्बन्धमा विस्तृत छलफल गर्ने निर्णय समितिले गरेको छ । 

    1.jpg





    images
    images

    Logo