काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको छ। जसमध्ये १ लाख ७४ हजार १ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।