images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८८ करोड 


  • 806
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८८ करोड 

    काठमाडौं । सोमबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अंकले बढेर १ हजार ९ सय ८७ दशमलव ८७ विन्दुमा पुगेको छ । सोमबार कारोबारमा आएका २ सय ८५ स्क्रिपको २ अर्ब ८८ करोड रुपैयाँ बराबरको ७४ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आइतबार ३ अर्ब ४५ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियाे ।

     सोमबार ८९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।  यसबाहेक उत्पादनमुलक उपसमूहको सूचक २ प्रतिशतले बढेको छ भने अन्य उपसमुहको सूचक १ प्रतिशतभन्दा कम बढेका छन्। हाइड्रोपावर र विकास बैंक उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

    आज सोल्टी होटलको १५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोडमाथिको शेयर कारोबार भएको छ । शिव श्री हाइड्रोपावर कम्पनीको ९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा अभियान लघुवित्त, कालिन्चोक दर्शन, भुगोल इनर्जि, सिटि होटल र चन्द्रागिरी हिल्स रहेका छन् ।  अभियान लघुवित्त र कालिन्चोक दर्शनको शेयर मूल्य १० प्रतिशतले बढेको छ । भुगोल इनर्जिको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सिटि होटलको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशतले शेयर मुल्य बढेको छ । 

     


    images
    images

    Logo