images
images

आदर्श लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने


  • 410
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    आदर्श लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

    काठमाडौं । आदर्श लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेप्सेले शुक्रबारदेखि आदर्श लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का गर्न लागेको हो । 

    मर्जर प्रकृयामा रहेको डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई गाभि यी दुवै कम्पनीले असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कम्पनीले एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले आदर्श लघुवित्तको शेयर कारोबार रोक्का गर्न लागेको हो । 

    असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीेले जनाएको छ । 


    images
    images

    Logo