images
images

रावा इनर्जीको आईपीओ बाँडफाँटको मिति तय


  • 502
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    रावा इनर्जीको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको आईपीओ बाँडफाँटको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको गरेको आईपीओ मंगलबार बाँडफँट गर्न लागेको हो ।


    कम्पनीको आईपीओ मंगलबार दिउँसो ४ बजे विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफँट गर्न लागेको  क्यापिटलले जनाएको छ । कम्पनीले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ८ करोड ४० लाख कित्ता शेयर निष्काशन गरेको थियो। 

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा ६४ हजार ३६६ जनाले मात्र कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी रहेको ७ कित्तालाई थप १ कित्ता अर्थात ११ कित्ता शेयर पाउने क्यापिटलले जनाएको छ । 


    images
    images

    Logo