images
images

४० अंकले बढ्यो नेप्से, २०८० सालमा पहिलो पटक ३ अर्ब मार्थिक कारोबार 


  • 480
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    ४० अंकले बढ्यो नेप्से, २०८० सालमा पहिलो पटक ३ अर्ब मार्थिक कारोबार 

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अंकले बढेर १ हजार ९ सय ८० दशमलव ९ विन्दुमा पुगेको छ । २ सय ७५ स्क्रिपको ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    यो दिनको कारोबार रकम ४ महिना यताकै उच्च हो । यस अघि २०७९ माघ २५ गते साढे ३ अर्बको कारोबार भएको थियो । आज कारोबारमा आएका २ सय १२ कम्पनकिो शेयर मूल्य बढेको छ । ६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटेल रहेका छन् । गुहेश्वरी मर्चेण्ड बैंक एण्ड फाइनान्स ८.७० प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्स ८.३६ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo