काठमाडौं । बिहीबार २ लघुवित्तको सम्पुर्ण कारोबार बन्द हुने भएको छ । जेठ ३२ गते डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको सम्पुर्ण वित्तीय कारोबार बन्द हुने भएको हो ।
यी दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरि असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि जेठ ३२ गते यी दुबै लघुवित्तलेहरुले आफ्ना वित्तीय कारोबार बन्द गथर्नलागेको जनाएको छ । जनाएको छ ।
मर्जर पश्चात असार १ गतेदेखि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको छ । यी दुबै लघुवित्त समान हैैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।