images
images

सातामा ७३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 425
    SHARES
  • २०८० जेठ २७ गते शनिबार

    सातामा ७३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ७३.२७ अंक बढेर १ हजार ९ सय ३८ दशमलव ६१ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको छ भने एक कारोबार दिन बढेर बन्द भएको छ।यस नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७ अर्ब रुपयाँ बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

    साताको पहिलो दिन आइतबार ५३.०३ अंकले बढेर १ हजार ९ सय १९ दशमलव ३७ विन्दुमा पुगको छ । सो दिन १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार रकम भएको छ । त्यस्तै, साताको दोस्रो दिन सोमबार भने नेप्से घटेको थियो भने कारोबार रकममा केही रुपैयाँ बृद्धि भएको थियो । सोमबार १७.३८ अंकले घटेर १ हजार ९ सय १ दशमलव ९९ विन्दुमा पुगको थियो । सो दिन १ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार नेप्सेसँगै कारोबार रकममा केही वृद्धि भएको छ । मंगलबार २५.६६ अंकले बढेर १ हजार ९ सय २७ दशमलव ६५ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ४.६८ अंकले बढेर १ हजार ९ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    साताको अन्तिम दिन विहीबार ७.२७ अंकले बढेर १ हजार ९ सय ३८ दशमलव ६१ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूक सर्वाधिक १४.७२ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम ०.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२२ अंक बढेको छ।

    यस साता ८ कम्पनीको १३ करोड ७४ लाख २३ हजार १ सय ४९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एक म्युचुअल फण्ड, एक डिबेञ्चर, तीन कम्पनीको बोनस शेयर र तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

     

     


    images
    images

    Logo