images
images

२ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 508
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    २ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं ।  २ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रबार प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स विषेश साधारणसभा गर्न लागेको हो भने प्रभु लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा गर्न लागेको हो । 

    प्रभु लाइफ इन्स्योरेन्सललैनचौर वैंक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभिइ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट जीवन व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पारित गर्ने, शेयर अनुपात १ः१ कायम गर्ने, लेखा परीक्षकको नियुक्ती गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ।

    त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले  होटल आकामा धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रस्ताव पारित गर्नेछ । 

    साथै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभिइ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट जीवन व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पारित गर्ने, शेयर अनुपात १ः१ कायम गर्ने, लेखा परीक्षकको नियुक्ती गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ। 


    images
    images

    Logo