images
images

आईएमई लाइफले गर्यो आईपीओ निष्काशनको मिति तय


  • 517
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    आईएमई लाइफले गर्यो आईपीओ निष्काशनको मिति तय

    काठमाडौं । आईएमई लाइफले आईपीओ निष्काशनको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि निष्काशन गर्ने भएको छ । 

    कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६।९१ रुपैयाँका दरले १ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ।

    जसमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ भने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि,६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको कम्पनीले छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो आईपीओ निष्काशन बन्द वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १५ गतेहुनेछ भने सर्वसाधारणका लागि  छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo