images
images

नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि


  • 409
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि

    काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको छ। जसमध्ये १ लाख ७४ हजार १ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी रहेको  ३५ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओ निष्काशन बन्द छिटोमा ३० गते र ढिलोमा असार ८ गतेसम्म हुनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। 


    images
    images

    Logo