images
images

मनकामना दरौंदी हाइड्रोपावरको शेयर कसैले खरिद नगर्नु : सेवोन


  • 877
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    मनकामना दरौंदी हाइड्रोपावरको शेयर कसैले खरिद नगर्नु : सेवोन

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेवोनले मनकामना दरौंदी हाइड्रोपावरको शेयर कसैल पनि खरिद नगर्न आग्रह गरेको छ । उक्त कम्पनीले  बाोर्डको स्वीकृतिबिना नै शेयर जारी गरेको भन्दै सो शेयर खरिद नगर्न आग्रह गरेको हो ।

    हाइड्रोपावरले  जेठ २४ गते पत्रिकामा सूचना प्रकाशित गर्दै सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम ५ सय कित्ताको लागि आवेदन दिन सूचना निकालेको थियो ।

    धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

    उक्त कम्पनीले गैरकानुनी रुपमा शेयर जारी गरेको र लगानीकर्ताले त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने भन्दै यस्तो निष्काशनमा लगानी नगर्न आग्रह गरेको छ । 

    sebon.png


    images
    images

    Logo