images
images

साताको अन्तिम दिन ७ अंकले बढ्यो नेप्से, परिसुचक १९३९.६१ विन्दुमा 


  • 393
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    साताको अन्तिम दिन ७ अंकले बढ्यो नेप्से, परिसुचक १९३९.६१ विन्दुमा 

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अंकले बढेर १ हजार ९ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको छ । यस दिन २ सय ७२ स्क्रिपको २ अर्ब ३० करोड रुपैयाँ बराबरको ५९ लाख ६२ हजार कित्ता शेयर किनेबच भएको छ । 

    बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका ९३ कम्पनीको शेयर मूलय बढेको छ । १ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनकिो कारोबार भएको छ । आज कम्पनीको १० करोड २६ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    बिहीबार दोल्ती पावर र भुगोल इनर्जीको शेयर सर्किट लागेको छ। यी दुबै कम्पनीको शेयर यसैदिनदेखि कारोबारमा आएको हो।  त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। 

     

     


    images
    images

    Logo