images
images

यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता


  • 802
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

    काठमाडौं । यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको एफपीओ बिहीबार बिहान बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

    लघुवित्तको एफपीओमा १३ लाख ५७ हजार १ सय ८० जनाले १ करोड ५४ लाख २७ हजार ५ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४ सय ९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६ सय ८७ आवेदन स्वीकृत भएको छ।

    एफपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट गर्दा कम्पनीको एफपीओ ३७ हजार ९ सय ४२ आवेदकलाई १० कित्ताका दरले पाएका छन् । जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएको क्यापीटलले जनाएको छ । 

    लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ जारी गरेको हो ।


    images
    images

    Logo