images
images

नेप्सेसँगै काराेबार रकम पनि बढ्याे, एक कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट


  • 1.5K
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    नेप्सेसँगै काराेबार रकम पनि बढ्याे, एक कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बुधबार नेप्सेसँगै काराेबार पनि बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अंकले बढेर १ हजार ९ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ६१ स्क्रिपको २ अर्ब २६ करोड रुपैयाँ बराबरको ६५ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।  मंगलबार १ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएको १ सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्यमा स्थिर छ ।  

    आज सबैभनदा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड १३ लाख रुपैयाँको शयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा युनिक नेपाल लघुवित्त रहेका छन् । त्यस्तै, खप्तड लघुवित्त ८.०२ प्रतिशत, स्वावलम्बन लघुवित्त ५.९६ प्रतिशत, साल्ट टेडिङ् ५.४२ प्रतिशत र सगरमाथा जलविद्युत ५.१७ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo