काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि नेशनल हाइड्रोले बुक क्लोजको मिति तय गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १ करोड ६४ लाख ४२ हजार ९ सय १९ कित्ता साधारण शेयरको १०ः५ को अनुपातमा कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
सो प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ तसर्थ जेठ ३२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।