images
images

मर्जरका लागि २ लघुवित्तले पाए राष्ट्र बैंकको सैद्धान्तिक सहमति


  • 531
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    मर्जरका लागि २ लघुवित्तले पाए राष्ट्र बैंकको सैद्धान्तिक सहमति

    काठमाडौं । २ लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएका छन् । बुधबार आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकको संद्धान्तिक सहमति पाएका हुन् । 

    यी दुबै कम्पनीबिच गत  चैत २९ गते  मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । 

    हाल आशा लघुवित्तको ३८ करोड १६ लाख रुपैयाँ र राष्ट्र उत्थानको २६ करोड रुपैयाँ चुक्ता पुँजी छ । यदि दुई संस्था १:१ को अनुपातमा मर्ज भएमा चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ नाघ्ने छ ।


    images
    images

    Logo