images
images

सर्वसाधारणका लागि घोराही सिमेन्टको आईपीओ जेठ ३२ गतेदेखि


  • 465
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    सर्वसाधारणका लागि घोराही सिमेन्टको आईपीओ जेठ ३२ गतेदेखि

    काठमाडौं । घोराही सिमेन्टको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन हुँदैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले सो आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता  शेयर निष्काशन गर्ने भएको छ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यष्स्तो निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo